राजनीति


ओली–प्रचण्ड छलफल चलिरहेकै बेला उपाध्यक्ष गौतम पनि पुगे खुमलटार

ओली–प्रचण्ड छलफल चलिरहेकै बेला उपाध्यक्ष गौतम पनि पुगे खुमलटार

नेपालखबर
पुस ४, २०७७ शनिबार ६:१३,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि खुमलटार पुगेका छन्।

कार्यकारी प्रचण्डसँग छलफलका लागि प्रधामन्त्री ओली शनिबार बिहान ११ बजे प्रचण्ड निवास खुमलटार पुगेका हुन्।

दुई अध्यक्षबीच छलफल चलिरहेका समयमा पार्टी उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका छन्।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले अहिले तीन नेताबीच छलफल भइरहेको बताए।

‘प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छटलफल भइरहेकै समयमा उपाध्यक्ष गौतमपनि आइपुग्नु भएको छ’, नेपालखबरसँग सापकोटाले भने, ‘अहिले तीन नेताबीच छलफल जारी छ।’

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको पुगेका बेला पार्टी कार्यालयमा राखिएको स्थायी समितिको बैठकमा समेत सुरक्षा थ्रेट देखाउँदै नगएका प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न पुग्नुलाई चासोका साथ हेरिएको छ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच शुक्रबार साँझ बालुवाटारमा छलफल भएको थियो। सोही छलफलका क्रममा प्रधानमन्त्री ओली थाप छलफलका लागि शनिबार बिहान आफू खुमलटार आउने जानकारी दिएका दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad