बक्सिङ प्रतिस्पर्धाका लागि आफ्नो टोलीले मकग्रेगरलाई ५ करोड अमेरिकी डलर प्रस्ताव गरेको तर मकग्रेगर आफूसँग बक्सिङमा भिड्न डराएको पलको भनाइ छ।
पलले चुनौतीपूर्ण भाषामा भनेका छन्,‘बक्सिङमा मैले अपराजित भएर २ खेल जितेको छु, तिमीले एकमात्र बक्सिङ खेलपनि हारेका छौं।’
मकग्रेगरले भने हालसम्म यस विषयका केही प्रतिक्रिया दिएका छैनन्।
यस्तै उनका दाई चर्चित युट्युबर लोगन पलले आगामी वर्ष हालसम्म पराजित नभएका विश्व चर्चित बक्सर मे वेदरसँग प्रतिस्पर्धा गर्ने निश्चित भइसकेको छ।
लोगन पलले मे वेदरलाई चुनौती दिन नछाडेपछि मे वेदर खेलका लागि तयार भएका हुन्।
जेक पलको उमेर २३ हो भने लोगन पलको उमेर २५ हो। मकग्रेगर ३२ वर्षका भएभने मेवेदर ४३ वर्षका भए।
खेल क्षेत्रमा मकग्रेगर र मे वेदर प्रतिष्ठित नाम हो। जेक र लोगन भने युट्युबका चर्चित पात्र हुन्।
Shares

प्रतिक्रिया