एमएडब्लु अर्थमुभर्स प्रालिका ग्राहकहरुले जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिदमा माछापुच्छ्रे बैंकबाट सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा एमएडब्लु अर्थमुभर्स प्रालिका तर्फबाट अध्यक्ष बिष्णुकुमार अग्रवाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र एमएडब्लु अर्थमुभर्स प्रालिका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पूर्वदेखि पश्चिम साथै हिमालेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पीओएस मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ।

प्रतिक्रिया