बार्सामा दुईवर्ष बिताएपछि अर्थरलाई क्लबले युभेन्ट्स पठाएको थियो।
वर्तमान खेल जगतमा जहिल्यै मेस्सी र रोनाल्डो को उत्कृष्ट? भन्ने विषयमा विवाद भइरहन्छ।
यसबीचमा अर्थरले मेस्सी र रोनाल्डो को उत्कृष्ट भनेर बताउन चाहेनन्।
तर दुवैसँग सँगै खेलिसकेकाले उनले दुईबीचमा रहेको भिन्नताकाबारेमा भने बालेका छन्।
उनी भन्छन्,‘दुवै च्याम्पियनहरु हुन्। मेस्सी र रोनाल्डो जहिल्यै प्रेरणादायी छन्। उनीहरुले तीन गोल गरिसक्दा पनि अर्को गोलको लागि अगाडि बढ्छन्। उनीहरु कहिल्यै एक लयबाट विच्छेदन हुँदैनन्।’
रोनाल्डो र मेस्सीको भिन्नताको बारेमा भने अर्थर यसो भन्छन्,‘तुलनात्मक रुपमा मेस्सीभन्दा रोनाल्डो बढी बोल्छन् र उनी चाँडै सबैको पहुँचमा पुग्छन्। आफ्ना साथीलाई सहयोग गर्न उनी कहिल्यै पछि हट्दैनन्, रोनाल्डो दह्रो संकल्पका प्रेरणा हुन्।’
‘उनी अनवरण शारीरिक अभ्यास गर्छन्। उनलाई छुट्टी के हो थाहा छैन। उनले जहिल्यै उत्कृष्ट प्रदर्शन गर्न साहस दिन्छन्’ उनी भन्छन्।
Shares

प्रतिक्रिया