खेल


जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्ड हल निर्माण सुरु

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्ड हल निर्माण सुरु

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ९:२४,

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले आफ्नै कभर्ड हल बनाउने भएको छ। केन्द्रले वागमती प्रदेश सरकारको सहयोगमा कभर्डहल बनाउन लागेको हो।

लामो समयदेखि खेलाडी उत्पादनमा सहयोग पुर्याउँदै आएको केन्द्रले मंगलबार ललितपुरको जावलाखेलमा प्रशिक्षण हलको शिल्यान्यास गरेको छ।

हलको केन्द्रका संस्थापक अध्यक्ष माधव खड्का, ललितपुर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण केसी, वडा नम्बर १३ का अध्यक्ष गणेश केसीले संयुक्त रुपमा उद्घाटन गरे।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य इन्दिरा निरौला, राष्ट्रिय भलिबल टोलीका पूर्व प्रशिक्षक कपिल किशोर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।

कभर्ड हलका लागि प्रदेश सरकारले २ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कर्भडहल आगामी वैशाख मध्यसम्ममा निर्माण गरी सक्ने लक्ष्य केन्द्रले राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad