खेल


फिफा विश्वकप छनोट : राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु

फिफा विश्वकप छनोट : राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ६:३३,

फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबारबाट बन्द प्रशिक्षण सुरु गरेको छ।

ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु प्रशिक्षणमा खेलाडीलाई २ समूहमा विभाजन गरेर प्रशिक्षण सुरु गरिएको हो।

आगामी मार्चमा हुने खेलका लागि कार्यबाहक प्रशिक्षक बालगोपाल महर्जनले ५८ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्।

पहिलो दिन २७ खेलाडी प्रशिक्षणमा सहभागी थिए। कोरोना भाइरसको सक्रमणका कारण धेरै खेलाडीलाई प्रशिक्षणमा बोलाएको कार्यवाहक प्रशिक्षक महर्जनले बताए।

No description available.

उनले भने, ‘धेरै खेलाडी सहभागी हुँदा प्रतिस्पर्धा बढ्ने भएकाले यसले टोलीलाई नै फाइदा पुग्नेछ, सहभागी खेलाडीहरुलाई ४ चरणमा छनोट गर्नेछौँ।’

नेपालले चैत १२ गते चाइनिज ताइपेई र १७ गते अष्ट्रेलियासँग खेल्नेछ। विश्वकप छनोटको अन्तिम खेलमा आगामी जेठ २४ गते जोर्डनसँग खेल्नेछ।

No description available.

छनोटअन्तर्गतका ५ खेलमा १ जित र ४ हार व्यहोरेको नेपालले ३ खेल खेल्न बाँकी छ। सबै खेल दशरथ रंगशालामा हुनेछ। समूह बीमा रहेको नेपाल अंक तालिकाको चौथो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad