राष्ट्रिय प्रजातन्त्र पार्टी नेता तथा सांसद राजेन्द्र लिङदेनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ ल्याइने भएको छ।
निमोनिया भएपछि उपचारका लागि झापाकै अस्पतालमा भर्ना गरिएका लिङदेनलाई थप उपचारका लागि काठमाडौँ ल्याउन लागिएको हो।
उनलाई लिन सेनाको स्काइ ट्रक झापातर्फ उडेको छ।
राप्रपाका नेता मोहन श्रेष्ठले लिनदेङको थप उपचार ललितपुर नख्खुस्थित मेडिसिटीमा हुने बताए।
‘उहाँलाई कडा प्रकारको निमोनिया देखिएपछि हेलिकोप्टरमा काठमाडौँ ल्याइन लागेको हो,’ श्रेष्ठले भने।
उनी झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
मंसिर २० गते उनकै नेतृत्वमा झापामा राजतन्त्र पुनर्स्थापनको माग गर्दै सडक आन्दोलन भएको थियो।
‘मंसिर २० गते पनि उहाँलाई खोकी थियो। २१ गते केही ज्वरो आएपछि कञ्चनजंगा अस्पतालमा भर्ना गरियो। हिजो थप उपचारका लागि विर्तामोडस्थित बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो,’ श्रेष्ठले भने।
लिनदेङको बीएन्डसी अस्पतालको आईसीयूमा उपचार गरिएको थियो।
श्रेष्ठका अनुसार उनको कोरोना परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको छ।
Shares

प्रतिक्रिया