टोटनहम हट्स्परले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
गएराति भएको खेलमा टोटनहमले आर्सनललाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा पुगेको हो। दोस्रो स्थानमा रहेको लिभरपुलसँग अंक बराबरी भएपनि गोलअन्तरका आधारमा टोटनहम शीर्ष स्थानमा रहेको हो।
११ खेलबाट समान २४ अंक जोडेको टोटनहम पहिलो र लिभरपुल दोस्रो स्थानमा छन्। घरेलु मैदानमा टोटनहमको जितमा ह्यारी केन र ह्युङ मिन सनले गोल गरे।
गएराति नै भएको खेलमा लिभरपुलले वुल्भ्समाथि ४–० को फराकिलो जित दर्ता गरेको हो। लिभरपुलको जितमा मोहम्मद सलाह, जर्जिन्हो वाइनाल्डम र जोएल मटिपले गोल गर्दा एक गोल उपहार पायो।
अर्को खेलमा लेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई २–१ ले पराजित गर्दा क्रिस्टल प्यालेसले वेष्ट ब्रुमलाई ५–१ को फराकिलो अन्तरले पाखा लगायो।

प्रतिक्रिया