छापा खबर


सामाजिक सुरक्षा कोषमा आवद्ध हुन श्रमिक हिचकिचाएपछि यसरी संशोधन गरिँदैछ कार्यविधि

सामाजिक सुरक्षा कोषमा आवद्ध हुन श्रमिक हिचकिचाएपछि यसरी संशोधन गरिँदैछ कार्यविधि

नेपालखबर
मंसिर २२, २०७७ सोमबार २:५९,

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन कर्मचारी, कामदार तथा रोजगारदाता अनिच्छुक भएपछि सरकारले कोषको कार्यविधि संशोधन गरी कर्मचारीमैत्री बनाउने भएको छ।

यसअघि कोषबाट पेन्सन लिन ६० वर्ष पुग्नैपर्ने व्यवस्था रहेकोमा अवकाश योजनामा रहेको रकम जुनसुकै वेला जम्मा भएको रकम निकाल्न पाउने व्यवस्था गर्न लागिएको खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन्।

‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि संशोधन गरी योगदानकर्ताको निवृत्तिभरण र अवकाश योजना सँगसँगै सञ्चालन गर्न लागिएको छ, योगदानकर्ताको जागिर छुटेको अवस्थामा अवकाश योजनामा जम्मा भएको रकम लिन पाउने व्यवस्था गर्न लागिएको छ,’ कोषका प्रवक्ता विवेक पन्थीले भने।

कोषले वृद्धावस्था योजनामा जम्मा हुने रकममध्ये ८ प्रतिशत रकम अवकाश योजना र २० प्रतिशत रकम निवृत्तिभरण योजनामा जम्मा गर्ने योजना बनाएको प्रवक्ता पन्थीले बताए।

यसमध्ये ८ प्रतिशत जम्मा भएको अवकाश कोषको रकम रोजगारी गुमेको अवस्थामा समेत निकाल्न पाइनेछ । ‘२० प्रतिशतका दरले जम्मा हुने रकमचाहिँ ६० वर्षपछि पेन्सन दिने प्रयोजनका लागि खर्च हुनेछ,’ उनले भने।

त्यस्तै, सामाजिक सुरक्षा कोषले अब योगदानकर्तालाई कर्जादेखि सापटीसम्म दिने भएको छ । हाल मस्यौदा हुँदै गरेको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा गरिएको प्रस्तावित व्यवस्थाअनुसार योगदानकर्ताले अवकाश योजनामा जम्मा भएको रकमबाट सापटी लिन पाउने भएका हुन् । पन्थीका अनुसार निश्चित समयपछि निवृत्तिभरण योजनामा संकलन भएको रकम पनि योगदानकर्ताले सापटीका रूपमा प्रयोग गर्न पाउनेछन्।

११ मंसिर ०७५ मा सुरुवात गरिएको सामाजिक सुरक्षा योजनामा १ साउन ०७६ बाट योगदान रकम संकलन सुरु भएको हो । तर, कोषले सञ्चालन गरेका योजनाहरू अव्यावहारिक भएको भन्दै श्रमिकहरू कोष आबद्ध हुन हिचकिचाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad