टाइसनले अर्का चर्चित बक्सर रोय जोन्ससँग भोलि आइतबार लस एन्जलसमा प्रतिस्पर्धा गर्नेछन्।
टाइसन अहिले ५४ वर्षमा भए। खेल जीवनबाट सन्यास लिइसकेका टाइसन र अर्का रिटायर्ट बक्सर रोय जोन्सले सहयोगार्थ खेल खेल्न लागेका हुन्।
दुवै आफ्नो समयमा उत्कृष्ट बक्सरबीचको यस भिडन्तलाई चासोका साथ हेरिएको छ। मानिसहरु यस खेल हेर्न बेग्र रुपमा प्रतिक्षा गरिरहेका छन्।
(भिडियो)
खेल जीवनबाट लामो समययता सन्यास लिएका दुवै बक्सरले पाको उमेरमा बक्सिङ खेल्नुको उद्देश्य विशेष अभियानलाई सहयोग पुर्याउनु रहेको बताइएको छ।
अमेरिकामा पछिल्लो समय रंगभेदी आन्दोलन चर्किएको छ। प्रहरीले काला जातिमाथि ज्यादती गरेको आरोप लाग्ने गरेको छ।
यसबीचमा काला जातिको अभियानमा रकम संकलन गर्न यो खेल आयोजना गर्न लागिएको हो।
यस खेल औपचारिक बेल्टको लागि होइन। यद्यपी डब्लूबीसीले यस खेलका विजेताको लागि विशेष बेल्ट बनाएको छ। एजेन्सी

Shares

प्रतिक्रिया