समाज


थप १३ सय ८० कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

थप १३ सय ८० कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

नेपालखबर
मंसिर १३, २०७७ शनिबार १०:३६,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरमा गत २४ घण्टामा १ हजार ३८० जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको १८ हजार ८३ रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा ५१५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad