खेल


फ्रान्ससँग पराजित हुँदै स्विडेन झर्‍याे लिग ‘बी’मा

फ्रान्ससँग पराजित हुँदै स्विडेन झर्‍याे लिग ‘बी’मा

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ३:२७,

यूईएफए नेसन्स लिगअन्तर्गत समूह ए ४ को अन्तिम खेलमा फ्रान्ससँग पराजित हुँदै स्विडेन लिग बीमा झरेको छ।

गएराति भएको खेलमा सेमिफाइनलमा पुगिसकेको फ्रान्सले स्विडेनलाई ४–२ गोलअन्तरले हराएकाे हाे।

खेलको चौथो मिनेटमै भिक्टर क्लेसनको गोलमा स्विडेनले अग्रता लिएकाे थियो। तर १६औं मिनेटमा स्विडेनका ओलिभिए जिरुडले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

३६औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै पहीलो हाफमा २–१ को अग्रता बनाएको थियो।
खेलको ५९औं मिनेटमा जिरुडले गोल गर्दै अग्रता फराकिलो पारे।

८८औं मिनेटमा रोबिन क्वेसनले गोल गर्दै अग्रता घटाएका थिए। दोस्रो हाफमो इन्ज्युरी समयमा कोमानले गोल गर्दै ४–२ को जित दर्ता गराएका हुन्।

समूहकै अर्को खेलमा पोर्चुगलले क्रोएसियालाइ ३–२ ले हराएपछि स्विडेन रेलिगेसनमा परेको हो। क्रोयसिया र स्विडेनको समान ३ अंक भए पनि गोल अन्तरमा क्रोयसिया अगाडि रहँदै रेलिसनबाट बचेकाे हाे।

स्विडेनले अब अर्को वर्ष लिग बी खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad