राजनीति


पार्टीप्रति गद्दारी नगरौं : भीम रावल, सर्वाधिक कठिन समय : योगेश भट्टराई

पार्टीप्रति गद्दारी नगरौं : भीम रावल, सर्वाधिक कठिन समय : योगेश भट्टराई

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ३:४४,

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला यसका दुई नेताले गम्भीर चिन्ता प्रकट गरेका छन्।

नेकपा सचिावलय बैठक तोकिएकै दिन नेता भीम रावल र पर्यटनमन्त्रीसमेत रहेका नेता योगेश भट्टराईले बुधबार बिहानै सामाजिक सञ्जालमार्फत अप्रिय अवस्थाको संकेत दिएका हुन्।

‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो,’ नेता रावलले ट्विटरमा लेखेका छन्, ‘बैठकबाट समस्याको समाधान खोज्नुपर्छ। फुट र विभाजनजस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।’ 

नेता भट्टराईले भने ट्विटरमा यति मात्र लेखेका छन्, ‘सर्वाधिक कठिन समय!’ 

याे पनि :  ओली रणनीति : नेकपा सचिवालय बैठक बस्नुपर्ने समयमै आज मन्त्रिपरिषद् बैठक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad