ad ad

खेल


आईपीएलमा एक खेल पनि खेल्न नपाएका सन्दीपले नेपाल आएपछि भने, ‘कथा सकिएको छैन’

आईपीएलमा एक खेल पनि खेल्न नपाएका सन्दीपले नेपाल आएपछि भने, ‘कथा सकिएको छैन’

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ८:१९,

‘कथा सकिएको छैन, विस्तारै सुरु हुँदै छ।’

यो ट्विट नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले गरेका हुन्।

इन्डियन प्रिमियर लिग आईपीएलमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका लामिछानेले ट्विट गर्दै एक खेल पनि खेल्न नपाए पनि आफ्नो खेल जीवन नसकिएको बरु सुरुवात भइरहेकोतर्फ संकेत गरेको बुझ्न सकिन्छ।

आईपीएलका लागि करिब ३ महिनाअघि संयुक्त अरब इमिरेन्ट्स युएई पुगेका लामिछानेलाई १३औँ सिजनमा दिल्ली क्यापिटल्सले अझै मौका दिने क्रिकेट समर्थकले आशा गरेका थिए। 

तर यो सिजनमा दिल्लीले एक खेल पनि खेल्न दिएन। क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा राम्रो प्रदर्शन गरेका उनले आईपीएलमा मौका नपाउँदा थुप्रै ट्विट गरिरहेका छन्।

स्वदेश फर्किएका सन्दीप करिब ३ साताको नेपाल बसाइपछि बिग बास लिग खेल्न अष्ट्रेलिया जाँदै छन्। उनले खेल्ने टोलीको टुङ्गो केही दिनमा लाग्ने सन्दीपको व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .