ad ad

खेल


बंगलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

बंगलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ७:३७,

मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन्।

ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासंघ (एन्फा)ले जनाएको छ। नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ।

कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ। ती खेलाडीको अवस्था सामान्य रहेको छ। कोरोना देखिए पनि उनले बंगलादेशसितको पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन्। नेपालले शुक्रबार बंगलादेशसित पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले अर्को खेल आगामी मंसिर २ गते खेल्ने कार्यक्रम तय भएको छ।

नेपाली खेलाडीहरुको गत साता पनि पीसीआर परीक्षण गरिएको थियो। त्यो बेला सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो। बंगलादेश उड्नुअघि पनि सबै खेलाडीसहित सबैको पीसीआर परीक्षण गरिएको थियो। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बंगलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

नेपालले सन् २०१८ मा बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पछिल्लो पटक बंगलादेशसँग खेलेको थियो। त्यसबेला नेपालले बंगलादेशलाई पराजित गरेको थियो । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जना हाल बंगलादेशको ढाकामा रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .