ad ad

समाज


छायाँकनका लागि अनुमति दिन सरकारसँग निर्माता संघको आग्रह

छायाँकनका लागि अनुमति दिन सरकारसँग निर्माता संघको आग्रह

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ७:४८,

नेपाल चलचित्र निर्माता संघले तिहार लगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ।

कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै संघले छायांकन र हल खोल्ने अनुमति दिन माग गरेको हो। लकडाउन खुलेसँगै अन्य क्षेत्रहरु खुला गरेको सरकारले चलचित्र क्षेत्र अहिलेसम्म सञ्चालनको अनुमति नदिएर अपहेलना गरेको संघका अध्यक्ष आकाश अधिकारीले बताए। सरकारले चलचित्र क्षेत्रलाई नाच्ने गाउने र मनोरञ्जनको क्षेत्रका रुपमा मात्रै सोचेको महशुस आफूहरुलाई भएको उनले बताए।

चलचित्र क्षेत्र मनोरञ्जनसँगै कला, संस्कृति, भेषभूषाको समिश्रण भएको उल्लेख गर्दै उनले यस्तो महत्वपूर्ण क्षेत्रलाई राज्यले अपहेलना गरेको बताए। अहिले चलचित्र क्षेत्र बन्द हुँदा प्रत्यक्ष रुपमा ३५ हजार र यसक्षेत्रमा आश्रीत १ लाख ७५ हजार बढी व्यक्ति बेरोजगार बसेको उनले बताए। धेरै समयमा उद्योग बन्द हुँदा प्राविधिक र दक्ष जनशक्ति पलाउन हुने खतरा भएकाले यसतर्फ पनि ध्यान दिन उनले आग्रह गरे।

अहिले लक डाउन खुकुलो भए पनि धेरै क्षेत्रहरु बन्द रहेका छन्। विशेषगरी बढी भिडभाड हुने क्षेत्रहरु विद्यालय, मठ मन्दिर, चलचित्र क्षेत्रहरु लगायत बन्द छन्। पछिल्लो समयमा काठमाडौं उपत्यकामा संक्रमणको दर पनि बढीरहेको छ। नेपालमा २ लाख बढीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .