ad ad

राजनीति


बाइडेन र दक्षिण कोरियाली राष्ट्रपति मुनबीच टेलिफोन वार्ता, सहकार्य गर्ने प्रतिबद्धता

बाइडेन र दक्षिण कोरियाली राष्ट्रपति मुनबीच टेलिफोन वार्ता, सहकार्य गर्ने प्रतिबद्धता

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ७:३४,

दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चियोङ वा डाइका अनुसार उक्त वार्ता करिब १४ मिनेट लामो भएको थियो।

वार्ताका क्रममा दुबै नेताबीच उत्तर कोरियाली आणविक मामिला सुल्झाउन मिलेर सहकार्य गर्ने बारेमा सहमति भएको थियो।

राष्ट्रपति मुनका प्रवक्ता काङ मिन–सियोकका अनुसार राष्ट्रपति–निर्वाचित बाइडेनले हिन्द–प्रशान्त क्षेत्रको सुरक्षा र समृद्धिका सन्दर्भमा दक्षिण कोरिया अत्यन्त महत्वपूर्ण मुलुक रहेको बताएका थिए।

त्यस अवसरमा राष्ट्रपति मुनले बाइडेन समक्ष सोल–वासिङटनबीचको साझेदारीलाई थप समुन्नत बनाउन “निकट संचार सम्पर्क स्थापना” गर्न आग्रह गरेका थिए,

प्रवक्ता काङले दुबै मुलुकबीच लोकतन्त्र र मानव अधिकारको रक्षाका सन्दर्भमा ७० वर्षदेखिको अटुट साझेदारी रहेको स्मरण गरिएको बताए।

बाइडेनले दक्षिण कोरियासँग अमेरिकाको सुदृढ सुरक्षा निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुका साथै उत्तर कोरियाको आणविक मामिलाको समाधानका लागि साझेदारी गर्ने बताएका थिए।

दुबै नेताले विश्वव्यापी रुपमा उत्पन्न कोभिड–१९ र जलवायु परिवर्तन समेतका विषयमा आपसी सहयोगलाई थप विस्तार गर्न सहमति जनाएका थिए।

गत साता बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित घोषणा भएको अनौपचारिक विवरण सार्वजनिक भएपछि यो उनीहरुबीचको पहिलो प्रत्यक्ष संवाद हो। रासस/योनहाप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .