ad ad

खेल


राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण मंसिर दोस्रो सातादेखि

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण मंसिर दोस्रो सातादेखि

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार १०:५६,

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मंसिर दोस्रो सातादेखि सुरु हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले अनुमति दिएको जनाएको छ।

राखेपबाट प्रशिक्षणको अनुमति पाएपछि छठ पर्वको लगत्तै प्रशिक्षण सुरु हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। अनुमति पाएपछि क्यानले प्रशिक्षणको तयारी थालेको उनले उल्लेख गरे। कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडी प्रशिक्षणविहीन अवस्थामा छन्। आठ महिनापछि खेलाडी सामूहिक अभ्यासमा जुट्ने छन्।

हाल क्रिकेट खेलाडी काठमाडौँ तथा कतिपय उपत्यका बाहिर रहेका छन् । प्रशिक्षण अघि सबै खेलाडीको स्वाब परीक्षण गरिने त्यसको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराइने क्यान अध्यक्ष चन्दले बताए। खेलाडी र प्रशिक्षकलाई आवश्यक परेको खण्डमा होटल तथा गेष्ट हाउसमा राख्न सकिने उनको भनाइ छ।

यस अघि क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण भदौ १ गतेदेखि थाल्ने योजना बनाएको थियो। कोरोना महामारी बढ्दै गएपछि प्रशिक्षण स्थगन गर्नुपरेको थियो। प्रशिक्षणका लागि क्यानले २४ भन्दा बढी खेलाडीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। खेलाडी सहभागिताको निर्णय प्राविधिक समितिले गर्नेछ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .