ad ad

राजनीति


प्रचण्डले राखेको बैठक सकियो, औपचारिक बैठक राख्न ओलीलाई सामूहिक आग्रह गर्ने

प्रचण्डले राखेको बैठक सकियो, औपचारिक बैठक राख्न ओलीलाई सामूहिक आग्रह गर्ने

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ११:१४,

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पार्टी सचिवालयको अनौपचारिक बैठक सकिएको छ।

पार्टी कार्यालय धुम्बाराहीमा आज शुक्रबार भएकाे सो बैठकमा सहभागी भएका पाँच जना सचिवालय सदस्यले सो कमिटीको औपचारिक बैठक राख्नका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आह्वान गर्ने निर्णय गरिएको छ।

पाँचै जना सचिवालय सदस्यले ओलीलाई शनिबार भेटेर बैठक राख्न आग्रह गर्ने निर्णय गरी बैठक टुंगिएकाे पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकमा प्रचण्डले सो अनौपचारिक बैठक पनि ओलीको समेत सहमतिमा गरिएको जानकारी गराएका थिए।

प्रवक्ता श्रेष्ठका अनुसार औपचारिक बैठक राखेमा त्यहि नै पार्टी फूटको बिन्दू हुने भनी ओलीले आफूलाई बताएका कारण अनौपचारिक बैठक राखिएको भनी प्रचण्डले सो बैठकमा अन्य नेताहरुलाई जानकारी गराएका थिए।

बैठकबाट बाहिरिने क्रममा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाउन कसैले सोचेको भए त्यो अपराध हुने बताए।

‘पार्टी एकताको जग त्यति कमजोर छैन र कसैले त्यो सोचेको छ भने त्यो अपराध हो,’ नेता नेपालले भने।

पार्टी फुट्ने स्थिति आए तपाईं प्रचण्ड वा ओली कुन पक्षतर्फ हो भनी सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘म ओली वा प्रचण्ड कतैतिर होइन, म नेकपातिर हो।’

प्रवक्ता श्रेष्ठका अनुसार स्थायी कमिटी बैठकबाट सर्वसम्मत् गरिएका निर्णय कार्यान्वयनमा समेत समस्या आएपछि आफूहरुले अध्यक्ष ओलीलाई यसअघि पनि पटक पटक मौखिक तथा लिखितरुपमा समेत बैठक राख्न आह्वान गरेको समेत बताए।

याे पनि: 

प्रचण्डले बोलाएको सचिवालय बैठक सुरु, ओली पक्ष र थापा भने अनुपस्थित

- धुम्बाराहीमा आज सचिवालय बैठक छैन : प्रधानमन्त्रीका सल्लाहकार थापा

प्रचण्डले बोलाए सचिवालयको अनौपचारिक बैठक, ओली पक्ष भन्छ- कुनै जानकारी छैन

बैठक राख्न ओली तयार नभए, प्रचण्ड–नेपाल पक्षको यस्तो छ ‘प्लान बी’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .