ad ad

समाज


४५ सय कोरोना संक्रमित निको भए, २९ सय ९ जना थपिए

४५ सय कोरोना संक्रमित निको भए, २९ सय ९ जना थपिए

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार १०:५५,

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप २ हजार ९०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या ४ हजार ९०५ रहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १५ लाख १७ हजार ३४३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ५०० कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .