खेल


युरोपा लिगमा आर्सनलको लगातार तेस्रो जित

युरोपा लिगमा आर्सनलको लगातार तेस्रो जित

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार २:२,

आत्मघाती गोलको मद्दतमा मोल्देलाई पराजित गर्दै आर्सनलले युरोपा लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ।

गएराति भएको खेलमा आर्सनलले मोल्देमाथि ४-१ को फराकिलो अन्तरले हराउँदै जित निकालेको हो। १–० ले पछि परेको खेलमा आर्सनलले दुई आत्मघाती गोलको मद्दतमा खेलमा फर्किएको थियो।

आर्सनलका लागि निकोलस पेपे र जोसेप विललकले गोल गरे। माल्देले मार्टिन इलिङसेनले २२ औं मिनेटमा गोल गर्दै बनाएको अग्रता जोगाउन सकेन।

आर्सनल पहिलो हाफमा अतिरिक्त समयमा क्रिस्टोफोर हेउगेनको आत्मघाती गोल सहयोगबाट खेलमा फर्किएको थियो। ६२औं मिनेटमा सेरिफको आत्मघाती गोलबाट आर्सनलले पुनः अग्रता दोब्बर पार्यो। ६९ औं मिनेटमा निकोलस पेपे र ८८ मिनेटमा जोसेप विललकले गोल गर्दै फराकिलो जित दर्ता गरे।

जितसँगै समूह बी मा लगातार तेस्रो जित निकालेको आर्सनलले ९ अंक जोडेको छ। मोल्दे ६ अंकसहित दोस्रो स्थानमा रहेको छ। समूहकै अर्को खेलमा रापिड वेनले डुन्डल्कमाथि ४–३ को जित निकालेको छ।

गएराति नै भएको समू ए को खेलमा रोमाले सीफआर क्लुजलाइ ५–० को फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा पुगेको छ। समूह को टोटनह्यामले लुडोगेरेट्सलाई ३–१ ले हराउँदै शीर्ष स्थानमा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad