खेल


आइपिएल: दिल्लीलाई पराजित गर्दै मुम्बइ इन्डियन्स फाइनलमा प्रवेश

आइपिएल: दिल्लीलाई पराजित गर्दै मुम्बइ इन्डियन्स फाइनलमा प्रवेश

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार १:४६,

दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति पहिलो क्वालिफायर खेलमा दिल्लीलाई हराउँदै मुम्बइ छैटौं पटक आइपिएलको उपाधि नजिक पुगेको हो। मुम्बइले ५ पटक आइपिएलको उपाधि उचालिसकेको छ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्म्लिित दिल्लीले फाइनलमा पुग्न थप एक मौका पाउनेछ। दिल्लीले आज (शुक्रबार) हुने एलिमिनेटरको खेलको विजेतालाई आइतबार पराजित गर्न सके पुनः उपाधि नजिक पुग्नेछ।

एलिमिनेटर खेलमा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोर भिड्नेछन्। उपाधि भिडन्त मंगलबार हुनेछ।

मुम्बइले दिएको २ सय १ रनको लक्ष्य पछ्याएकोे दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रनमात्र बनाउन सक्यो। मार्कस स्टोइनिसले सर्वाधिक ६५ रनको योगदान दिए। उनले ४६ बलमा ६ चौका र ३ छक्का हाने। अक्षर पटेलले ४२ रन जोडे। ४ ब्याट्सम्यानले खातै खोल्न सकेनन्।

जस्प्रित बुमराहले ४ र ट्रेन्ट बोल्टले २ विकेट लिए। क्रुनाल पान्ड्या र काइरन पोलार्डको नाममा एक एक विकेट रह्यो।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय रनको योगफल तयार पारेको थियो। ईशान किशन ५५ र हार्दिक पान्ड्या ३७ रनमा अविजित रहे।

किसनले ३० बलमा ४ चौका र ३ छक्का प्रहार गरे। पान्ड्याले १४ बलमा ५ छक्का हाने। छैटौं विकेटका लागि किशन र पान्ड्याले २३ बलमा ६० रनको अविजित साझेदारी गर्दै मुम्बइलाई विशाल योगफलमा पुर्याएका थिए। सर्य कुमार यादव ५१ रनमा आउट भए। क्वीनटन डि ककले ४० रन जोडे।

रविचन्द्रन आश्विनले तीन विकेट झारे। मार्कस स्टोइनिस र एनरिच नोर्कियाले १–१ विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad