समाज


दसैंमा चिर्पटले हानेर पत्नीको हत्या

दसैंमा चिर्पटले हानेर पत्नीको हत्या

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार ४:६,

म्याग्दीको मालिका गाउँपालिका–२ रुम खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।

घरायसी बिषयमा उत्पन्न विवादमा ४२ वर्षीय ओमबहादुर दमाईले चिर्पट प्रहार गर्दा ४४ वर्षीया रिमा दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

पत्नीको हत्यामा संलग्न ओमबहादुरलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले पक्राउ गरेको छ। प्रहरी सहायक निरीक्षक बलराम पौडेलको नेतृत्वमा गएको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक किरणजंङ्ग कुँवरले जानकारी दिए।

शव परीक्षणका लागि बेनी अस्पताल लगिएको छ। राति सँगै सुतेको बेला घरायसी विवादमा भनाभन हुँदा मदिरा सेवन गरेका ओमबहादुरले श्रीमतीलाई दाउराको चिर्पट प्रहार गरेका स्थानीयले बताएका छन्।

स्थानीयवासीले खबर गरेपछि इलाका प्रहरी कार्यालय दरवाङबाट राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो। ओमबहादुरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

प्रहरीका अनुसार म्याग्दीमा हुने अपराधको मुख्य कारण मदिरा सेवन देखिएको छ। आर्थिक वर्ष २०७६र७७ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कुल १५७ वटा मुद्दामध्ये ४२ वटाको कारण मदिरा सेवन देखिएको प्रनाउ कुँवरले जानकारी दिए।

प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामध्ये २७ प्रतिशत मदिरा र बाँकी अन्य कारणबाट भएको प्रहरीको तथ्याङ्क छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad