खेल


दुई सुपर ओभरपछि पन्जाबले मुम्बईलाई हरायो, आइपीएलमा अनौठो रेकर्ड

दुई सुपर ओभरपछि पन्जाबले मुम्बईलाई हरायो, आइपीएलमा अनौठो रेकर्ड

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार २:१४,

इन्डियन प्रिमियर लिग(आइपीएल)मा आइतबार राति भएको खेलमा दुई सुपर ओभरपछि किंग्स एलेभेन पन्जाबले मुम्बई इन्डियन्सलाई पराजित गर्यो।

सुरुमा मुम्बईले बनाएको १७६ रन पछ्याउनेक्रममा पन्जाबले पनि त्यति नै रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। पहिलो सुपर ओभरमा पनि दुबै टोलीले ५–५ रनमात्रै बनाउँन सकेपछि खेल दोस्रो सुपर ओभरमा पुग्यो।

दोस्रो सुपर ओभरमा मुम्बईले दिएको १२ रनको जवाफमा पन्जाबले १५ रन बनाउँदै खेल जित्यो। एकै खेलमा दुई सुपर ओभर भएको अनौठो रेकर्ड समेत खेलमार्फत रह्यो।

त्यसअघि दुबईमा भएको खेलमा क्विन्टन डिककले ५३, क्रुनाल पाण्ड्या र केइरन पोलार्डले ३४–३४ रन बनाएपछि मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो।

जवाफमा कप्तान केएल राहुलले ७७ रनको इनिङ्स खेलेपछि पन्जाबले पनि मुम्बईको बराबर नै स्कोर खडा गर्यो।

पन्जाबका क्रिस गेल, निकोलस पुरनले २४–२४ तथा दीपक होड्डाले २३ रन बनाए।

जितपछि पन्जाब ९ खेलमा ६ अंकसहित छैटौं स्थानमा छ। उसले ३ खेलमा जित र ६ खेलमा हार व्यहोरेको छ।

त्यति नै खेलबाट मुम्बईको १२ अंक छ। उसले ६ खेलमा जित र ३ खेलमा हारेको छ। मुम्बई अंकतालिकाको दोस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad