कारोबार


चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण, एउटा बस चार्ज गर्दा कति लाग्छ शुल्क?

चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण, एउटा बस चार्ज गर्दा कति लाग्छ शुल्क?

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार २:२१,

विद्युत् प्राधिकरणले विद्युतीय बसका चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण गरेको छ।

असोजदेखि लागू हुनेगरी प्राधिकरणले विद्युतीय सवारी चार्ज गरेबापतको महसुल निर्धारण गरेको हो। विद्युतीय सवारी सञ्चालन गरेका कम्पनीहरूलाई प्राधिकरणले महसुलको जानकारी दिँदै पत्राचार गरेको छ।

विद्युत् महसुल निर्धारण आयोगले तीन महिनाअघि तोकेको शुल्कलाई नै प्राधिकरणले कार्यान्वयनमा ल्याएको हो।

अब विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट प्राधिकरणलाई चार रुपियाँ ६० पैसा महशुल तिर्नुपर्ने छ। त्यस्ता स्टेसनले यसअघि प्रतियुनिट १० रुपियाँ शुल्क तिर्दै आएका थिए।

चार्जिङ स्टेसनले विद्युतीय सवारी चार्ज गर्दा प्रतियुनिट चार रुपियाँ ६० पैसामा थप २० प्रतिशत मात्र शुल्क लिन पाउने छन्।

अब ठूला बस चार्ज गर्दा बढीमा साढे पाँच सय रुपैयाँ मात्रै शुल्क लाग्ने भएको छ। यस अघि यातायात व्यवसायीले १२ सय रुपैयाँसम्म शुल्क तिर्दै आएका थिए।

एकपटक पूर्ण चार्ज भएका बस कम्तीमा पनि २ सय ५० किलोमिटर गुड्छन्। काठमाडौँ उपत्यकामा गुड्ने बस एकपटक पूर्ण चार्ज गरेपछि दुई दिनसम्म सञ्चालन गर्न सकिने व्यवसायीको भनाई छ। सुन्दर यातायातले काठमाडौं उपत्यकामा चारवटा सार्वजनिक विद्युतीय बस सञ्चालन गर्दै आएको छ।

प्राधिकरणले कुरिनटार, काठमाडौँ, धुलिखेल, विराटनगर, चितवन, नवलपरासीलगायतका स्थानमा चार्जिङ स्टेसन बनाउँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad