खेल


विश्वकप छनौटः आजका दुबै खेलको नतिजाले नेपाललाई फाइदा, अब के आवश्यक?

विश्वकप छनौटः आजका दुबै खेलको नतिजाले नेपाललाई फाइदा, अब के आवश्यक?

नेपालखबर
साउन १०, २०७६ शुक्रबार ९:५०,

कुवेत र कतारबीच भएको पहिलो खेलमा कुवेतले कतारलाई १० रनले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा मलेसियामाथि सिंगापुरले ८ विकेटको जित हात पारेको छ।

योसँगै नेपाल बाहेक सिंगापुर, कुवेत, मलेसिया र कतारले समान ३–३ खेल खेलिसकेका छन्। उनीहरु सबैले १–१ खेलमात्रै खेल्न बाँकी रहँदा नेपालले दुई खेल खेल्न बाँकी छ।

अक्टोबरमा हुने ग्लोबल छनौटमा यस प्रतियोगिताको शीर्षमा रहने टोलीले स्थान बनाउँनेछ। आजसम्मका खेल नतिजा अनुसार सिंगापुर ३ खेलबाट ५ अंक जोड्दै शीर्षमा छ। कुवेत पनि त्यतिकै खेलबाट ३ अंकसहित दोस्रोमा छ। नेपाल, मलेसिया र कतारको समान २ अंक भएपनि रनरेटका आधारमा यिनीहरु तेस्रो, चौथो र पाँचौ स्थानमा छन्।

अन्तिम दुई स्थानमा रहेका मलेसिया र कतार भने शीर्षको होडबाट आजै बाहिरिसकेका छन्। आज कुवेत र सिंगापुरले जित्दा चौथो स्थानमा रहेको नेपाल तेस्रो स्थानमा उक्लिएको छ। अब नेपालले स्पष्ट दुई जित निकाल्दा पुग्ने भएको छ। नेपालले शनिबार कुवेत र आइतबार सिंगापुरसँग खेल्दैछ।

यदि आज मलेसियाले सिंगापुरलाई पराजित गरेको भए र अन्तिम खेलमा पनि मलेसियाले कतारलाई पराजित भएको खण्डमा उसको ६ अंक हुने थियो। त्यसोहुँदा नेपालले बाँकी दुई खेल जित्दा पनि रनरेटको आधारमा निर्णय लिनुपर्ने हुन्थ्यो।

तर, सिंगापुरले जितेसँगै नेपालले बाँकी दुई खेलमा स्पष्ट जित निकाल्दामात्रै पुग्ने भएको छ। त्यसोहुँदा नेपालले रनरेटको तनाव लिइरहनुपर्दैन्।

ढाडका कारण पछिल्लो मलेसियाविरुद्धको खेल गुमाएका कप्तान पारस खड्का फिट हुनु नेपालका लागि सकरात्मक समाचार छ। पारसले शुक्रबार टोलीसँगै अभ्यास गर्दै आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको र बाँकी दुई खेलमा उपलब्ध हुने बताएका छन्।

नेपालले पहिलो खेलमा कतारसँग ४ विकेटको अप्रत्यासित हार बेहोरेपछि बाँकी तीन खेल जित्नैपर्ने भएको थियो। दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेपछि रनरेटमा अल्झिएको समिकरणलाई शुक्रबारका नतिजाले नेपाललाई सहयोग पुर्याएको हो।

असोजमा यूएईमा हुने ग्लोबलमा नेपालसहित १४ राष्ट्रले सहभागिता जनाउँनेछन्। त्यसमध्ये ६ राष्ट्रले विश्वकप खेल्न पाउँनेछन्।

ग्लोबल छनौट खेल्ने स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड्स, हङकङ, ओमान, आयरल्याण्ड्स, यूएई, पपुवा न्यूगिनी, केन्या, नामिबिया र जर्सी गरी ११ टोलीको टुंगो लागिसकेको छ। त्यसमा नेपाल खेल्ने एसिया छनौटबाट एक टोली र अमेरिका छनौटबाट दुई टोली थपिनेछन्।

नेपाली टोली
कप्तान पारस खड्का, अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदीप ऐरी, पवन सर्राफ, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .