कारोबार


अब जनकपुरमा पनि विमानलाई इन्धन भर्ने सुबिधा

अब जनकपुरमा पनि विमानलाई इन्धन भर्ने सुबिधा

नेपालखबर
साउन १०, २०७६ शुक्रबार ९:४६,

नेपाल आयल निगमले जनकपुरबाट पनि हवाई इन्धन रिफ्यूलिङ सेवा सुरु गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यातवले जनकपुर विमानस्थलमा हवाई रिफ्यूलिङ सेवा (इन्धन भर्ने सुविधा) को उद्घाटन गरेका हुन्। विमानस्थलमा इन्धन भर्ने सुविधा विस्तार गर्ने नेपाल आयल निगमको योजना अनुसार जनकपुरमा उक्त सेवा विस्तार गरिएकाे निगमले जनाएको छ।

निगमले प्रदेश र स्थानीय सरकार तथा विमान कम्पनी लगायत बिभिन्न क्षेत्रबाट जनकपुर विमानस्थलमा हवाई इन्धनको आवश्यकता महसुस गरेपछि सेवा सुरु गरेकाे बताएको छ।

प्रदेश नं २ मा रात्रिकालिन सेवालाई समेत सहयोग पुग्ने गरी पहिलो पटक रिफ्यूलिङ सेवा सुरु गरिएको निगमले जनाएको छ। हालसम्म काठमाडौं– जनकपुर– काठमाडौं उडान भर्ने विमानले काठमाडौंमा नै दोहोरो रुटका लागि हवाई इन्धन भर्दै आएका थिए। जनकपुर विमानस्थलमा दैनिक ४ वटा नियमति उडान हुँदै आएको छ।

अब काठमाडौंमा नै दोहोरो रुटका लागि इन्धन भर्नु पर्ने बाध्यता हटेको छ। यसका लागि हाललाई १६ हजार लिटर क्षमताको रिफ्यूलर जनकपुरमा राखिएको निगमले बताएको छ। यो सेवा विस्तारले प्राकृतिक प्रकोपको समयमा उद्धारका लागि खटिने जहाजहरु विराटनगर तथा काठमाडौं पुगि रिफ्यूलिङ गर्नु पर्ने अवस्थाको अन्त्य हुनका साथै एयरलायन्सहरु सहज तरिकाले चल्न सक्ने अपेक्षा निगमले राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad