कप्तान विराट कोहलीको उत्कृष्ट ब्याटिङ र क्रिस मोरिसको बलिङमा रोयल च्यालेन्जर्स बैंग्लाेरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ।
२ खेलमा जित र ५ मा हार भोगेको चेन्नई ४ अंकाम छैटौं स्थानमा छ। ४ खेलमा जित र २ मा हार बेहोरेको बैंग्लाेर ८ अंकमा नेटरनरेटका आधारमा चौथो स्थानमा छ।
१ सय ७० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रनमात्र जोड्न सक्यो। आम्बाती रायुडुले सर्वाधिक ४२ रनको योगदान दिए। नारायण जगदेसन ३३ रनमा रन आउट भए। ६ खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।
बैंग्लाेरका क्रिस मोरिसले ३ तथा वासिन्टन सुन्दरले २ विकेट लिए। युजभेन्द्र चहल र इसुरु उडानाको नाममा एक-एक विकेट रह्यो।
त्यसअघि दुबई इन्टरनेसनल स्टेडियममा टस जितेर ब्याटिङ गरेको बैंग्लाेरले निर्धारित ओरभमा ४ विकेटको क्षतिमा १ सय ६९ रनको योगफल तयार पारेको थियो।
कप्तान विराट कोहली ९० रनमा नटआट रहे। उनले ५२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। शिवम दुबे २२ रनमा अविजित रहे।
पाँचौ विकेटका लागि कोहली र दुबेले ३४ बलमा ७६ रनको अविजित साझेदारी प्रतिस्पर्धात्मक योगफल दिएका थिए। ओपनर देवदत्त पाडिक्कललाई ३३ रनमा पवेलियन फर्के।
चेन्नईका शार्दुल ठाकुरले २ तथा साम करन र दीपक चहरले एक एक विकेट लिए।

प्रतिक्रिया