दसैंको लागि कमेरो माटो लिन गएका खोटाङका एक युवा दुधकोसी नदीमा बेपत्ता भएका छन्।
थुलुङ दुधकोशी गाउँपालिका ४ जुबु खन्याखर्कका २३ वर्षीय सन्तोष घिमिरे दुधकोसीमा बेपत्ता भएका हुन्। शनिबार बेपत्ता भएका उनलाई अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।
उनी श्रीमतीसँगै घर लिप्ने कमेरो माटो लिन गएका थिए।
माटो खनीसकेर भारीसमेत मिलाइसकेका घिमिरेले पानी पिउन भन्दै ज्याकेट र मोवाइल दिएर दुधकोशीमा गएका थिए। पानी पिएपछि पौडन नदीमा पसेपछि उनलाई नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया