ad ad

खेल


इन्डियन प्रिमियर लिगमा आज दिल्ली क्यापिटल्सले तेस्रो खेल खेल्दै, सन्दीप खेल्ने सम्भावना कति?

इन्डियन प्रिमियर लिगमा आज दिल्ली क्यापिटल्सले तेस्रो खेल खेल्दै, सन्दीप खेल्ने सम्भावना कति?

नेपालखबर
असोज १३, २०७७ मंगलबार ९:८,

इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले तेस्रो खेल खेल्दै छ।

आईपीएलको ११औँ खेलमा आज दिल्ली र सनराइजर्स हैदरावाद भिड्न लागेका हुन्। खेल, साँझ पौने ८ बजे आवुधावीस्थित शेखजायद स्टेडियममा हुनेछ।

अपराजित दिल्ली सोही लयलाई निरन्तरता दिँदै शीर्ष स्थानमा रहन चाहन्छ। उच्च मनोबलमा मैदान उत्रिँदा दिल्ली तेस्रो जितको खोजीमा हुनेछ भने हैदरावाद पहिलो जितको खोजीमा हुनेछ।

दिल्लीले पहिलो खेलमा किंग्स एलेभेन पञ्जावलाई सुपर ओभरमा पराजित गरेको थियो। दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले हराएको थियो।

दिल्ली पृथ्वी शाह, शिखर धवन, कागिसो रवाडा, सिमरन हेटमेयर जस्ता खेलाडीले बलियो छ।

हैदरावाद भने रोयल च्यालेन्जर्स बैगलोरसाग १० तथा कोलकता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो। दिल्ली अंकतालिकाको शीर्ष स्थानमा रहँदा हैदरावाद पुछारमा छ। हैखरावादलाइ जोनी वेष्ट्रो, डेविड वार्नर, मनिष पांडे, केन विलियम जस्ता खेलाडीको साथ छ।

सन्दीपको सम्भावना
यसअघिका दुवै खेलमा मौका नपाएका नेपाली स्पिनर सन्दीप आजको खेलमा पनि सुरुवाती ११ मा पर्ने सम्भावना कम छ। दिल्लीमा २ भारतिय स्पिनर भएका कारणपनि सन्दीप विकल्पको रुपमा मात्रै रहँदै आएका छन्। दिल्लीले पहिलो खेलमा रविचन्द्रन आश्विनलाई खेलाएको थियो।

दोस्रो खेलमा लेग स्पिनर अमित मिश्रालाई मौका दिएको थियो। आजको खेलमा पनि आश्विनले खेल्ने सम्भावना कम छ। सन्दीपले पहिलो संस्करण सन् २०१८ मा तीन र दोस्रो सिजनमा ६ खेलमा मौका पाएका थिए। पहिलो सिजनमा दिल्लीले लिग चरणबाट बाहिरिएपछि सन्दीपलाइ मौका दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .