ad ad

समाज


नेपालगन्जको ‘वाटरपार्क’ छिट्टै सञ्चालनमा आउने

नेपालगन्जको ‘वाटरपार्क’ छिट्टै सञ्चालनमा आउने

नेपालखबर
असोज १३, २०७७ मंगलबार ९:१८,

नेपालगन्जको धम्बोझी–१ स्थित वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउ नौकाविहारका लागि प्रयोगमा ल्याइएको छ। ‘नौकाविहार, चमेनागृह र माछापालनका लागि ठेक्कासमेत भइसकेकाले केही दिनभित्र सञ्चालनमा आउने छ’, उनले भने।

तलाउलाई पौडी पोखरीका रुपमा समेत विस्तार गरिएको छ। पार्कमा आकर्षक र मनमोहक पूmलबारी, चिल्ड्रेनपार्क, व्यापारी प्रयोजनका पसलकोठा लगायतका संरचना निर्माण भएका छन्। यसैगरी वाटरपार्क क्षेत्रभित्र १६ देखि ६ मिटरसम्मको पक्की सडक निर्माण गरिएको छ। यसका साथै नेपालगन्जको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिएको छ।

नेपालगन्जको वाटरपार्क निर्माणको योजना १२ वर्षअघि तयार गरिएको थियो। २०६५ सालमा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलिएको थियो। जग्गा अधिग्रहणमा कुरा मिलेपछि समग्र निर्माणको कामले अहिले गति लिएको छ।

जग्गा अधिग्रहण गरिएकालाई अहिले अस्थायी जग्गाधनी पूर्जा वितरण भइरहेको छ। ‘यो योजनाको अनुमानित लागत रु ७० करोड हो। अबको दुई वर्षभित्र पार्क क्षेत्रको निर्माण सक्ने हाम्रो लक्ष्य छ’, नेपालगन्ज नगर विकास समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख डा धवलशम्शेर राणाले भने।

पश्चिम नेपालकै नमूनाका रुपमा रहेको वाटरपार्क निर्माणमा बजेटको निकासा रोकिएन र अन्य व्यवधान आएन भने समयभित्रै निर्माण सक्ने समितिको लक्ष्य छ। निर्माणको काम छिटो सक्न पाँचवटा ब्लक खडा गरिएको छ। प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ।

वाटरपार्कमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने, आर्थिक विकासको आधार बलियो बनाउने र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउन यहाँका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारणसमेत एकमत छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .