क्रिस्टियानो रोनाल्डोको दोहोरो गोल बाबजुद यूभेन्ट्स १० खेलाडीमा सीमित यूभेन्ट्स रोमासँग २-२ को बराबरीमा रोकिएको छ।
इटालियन सिरी ए फुटबलमा आइतबार राति भएको खेलमा दुवैपटक पछि परेको यूभेन्ट्सले रोनाल्डोको गोलमा पुनरागमन गरेको थियो।
रोमाका लागि जोर्डन भेरेटोन्टले पहिलो गोल पेनाल्टी तथा दोस्रो हेनरिक मिखातरियनको पासमा गरेका थिए।
रोनाल्डोले ह्यान्डबलबाट प्राप्त पेनाल्टीमा पहिलो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
त्यसपछि अड्रियन राबिउटले रातोकार्ड पाएपछि यूभेन्ट्स १० खेलाडीमा सीमित भएको थियो।
त्यसका बाबजुद डानिलोको क्रसमा हेडर गोल गर्दै रोनाल्डोले खेल बराबरीमा ल्याए।

प्रतिक्रिया