खेल


सिटीका पोस्टमा लेस्टरका पाँच गोल

सिटीका पोस्टमा लेस्टरका पाँच गोल

नेपालखबर
असोज १२, २०७७ सोमबार २:८,

जिम्मी भार्डीले ह्याट्रिक गरेपछि लेस्टर सिटीले प्रिमियर लिगमा म्यानचेस्टर सिटीमाथि ५-२ को जित हात पारेको छ।

चौथो मिनेटमा सिटीका रियाद मेहरजको गोलसँगै लेस्टर पछि परेपनि त्यसपछि सनसनीपूर्ण जित हात पार्दै अंक तालिकाको शीर्षमा उक्लियो। 

३७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै भार्डीले खेल १-१ को बराबरीमा ल्याएका थिए। कायल वाल्कले फल गरेपछि लेस्टरले पेनाल्टी पाएको थियो।

यस्तै ५३औं मिनेटमा पेनाल्टी क्षेत्रभित्रबाट दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए। ५८औं मिनेटमा पुन: पेनाल्टीमा गोल गर्दै भार्डीले लेस्टरलाई ३-१ ले अघि बढाए।

जनवरीदेखि यता पहिलोपल्ट जेम्स मिड्सनले गोल गरेपछि लेस्टरले ४-१ को अग्रता पायो।

८४औं मिनेटमा यसै समरमा ४० मिलियन पाउण्डमा सिटीसँग बोर्नमाउथबाट अनुबन्ध भएका नाथन आकेले एक गोल फर्काए। 

त्यसको चार मिनेटमा नै योरी टेल्सम्यानले पुन: पेनाल्टीमार्फत गोल गरेपछि लेस्टरले सिटीमाथि ५-२ को जित हात पार्‍यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad