भारतीय अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरण अनुसन्धान क्रममा बलिउडभित्र लागुऔषध प्रयोग हुने गरेको खुलासा भएपछि अहिले प्रहरीले यसतर्फ व्यापक खाेजतलास गरिरहेको छ।
यस क्रममा लागुऔषध अनुसन्धान गर्ने निकाय नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले शनिबार अभिनेत्री दीपिका पादुकोणसँग झन्डै ६ घण्टा बयान लिएको छ।
त्यस क्रममा दीपिका एकपटक होइन, तीनपटक रोएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसरी दीपिका रोएपछि एनसीबीका अधिकारीले उनलाई ‘इमोसनल कार्ड’ नखेल्न चेतावनी दिएका थिए।
इन्डिया टुडेको रिपोर्टअनुसार दीपिकाको आँखामा आँशु देखेपछि एनसीबीका अधिकारीले हात जोड्दै यसरी संवेगात्मक खेल खेल्नुको साटो साँचो कुरा बताउनुमा भलो हुने सल्लाह दिएका थिए।
3
Shares

प्रतिक्रिया