कोलम्बियन स्टार हामेस रोड्रिग्वेज रियल मड्रिड फर्किएका छन्।
सन् २०१४–२०१५ को सिजनमा रियल मड्रिड अनुबन्ध भएको रोड्रिग्वेजलाई मड्रिडले जर्नम क्लब बायन म्युनिख लोनमा पठाएको थियो।
लानको समय सकिएपछि यतिबेला रोड्रिग्वेज मड्रिडमा आइपुगेको मार्काले जनाएको छ।
सन् २०१४ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका रोड्रिग्वेजले गोल्डेन बुट पाएका थिए।
त्यसपश्चात मड्रिडले उनलाई अनुबन्ध गरिहाल्यो। ६३ मिलियन पाउन्डमा रोड्रिग्वेज मड्रिड पुगेका थिए।
यसैवर्ष उनको मड्रिडसँग सम्झौता सकिँदैछ। नयाँ सम्झोताबारे हालसम्म कुनै जानकारी आएका छैनन्।
रोड्रिग्वेज मड्रिड फर्किए पनि उनी प्रशिक्षक जिनेदिन जिदानको नजरमा नरकेको जनाइएको छ। रियलमा ३ सिजन खेल्दा रोड्रिग्वेजले ३६ गोल गरेका थिए।
यस्तै २ सिजन बायनमा बिताएका उनले त्यहाँ मात्र १५ गोल गरे। जिदानले चासो नदिएका हुनाले साथै सम्झौताको कुनै कुरा नआएकाले रोड्रिग्वेज यसै सिजन नयाँ क्लबमा अनुबन्ध हुने अनुमान गरिएको छ।
मार्काका अनुसार एथ्लेटिको मड्रिडले उनलाई अनुबन्ध गर्न चाहिरहेको छ। ४० मिलियन युरो मड्रिडले मागेका कारण त्यसमा छलफल भइरहेको जनाइएको छ।
Shares

प्रतिक्रिया