मंगलबार बार्सिलोनाले आफ्नो चिर प्रतिद्वन्द्वी क्लब एथ्लेटिको मड्रिडलाई स्वारेज बेच्ने बताएको थियो।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार स्वारेज र एथ्लेटिको मड्रिडबीच बिहीबार सम्झौता हुँदैछ।
बार्सा छाड्ने निश्चित भएपछि बुधबार लुइस स्वारेज अन्तिमपटक बार्सिलोनाको मैदानबाट बाहिर निस्कँदा निराश देखिन्थे।
Luis Suarez left Barcelona's training ground in tears today, with his move to Atletico Madrid expected to be completed tomorrow 😭
Farewell to a Barca legend 👋 pic.twitter.com/bbx1HrYmeW
क्याम्प नाउँबाट स्वारेज आज रुँदै बाहिरिएको गोल डटकमले जनाएको छ। एथ्लेटिको मड्रिडमा जाने भएपछि स्वारेजको ६ बर्षे बार्सिलोनाको करिअर पनि अन्त्य भएको छ।
बार्सामा ६ वर्ष बिताउँदा सुआरेजले २८३ खेल खेल्दै १९८ गोल गरे। स्वारेजले स्टारमेस्सीसँग बार्सिलोनामा चार ला लिगा, चार कोपा डेल रे, एक च्याम्पियन्स लिग र एक क्लब विश्वकपको उपाधि हात पारेका थिए।


प्रतिक्रिया