समाज


नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नेपालखबर
असोज ७, २०७७ बुधबार १२:२८,

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा आज दिउँसो ४ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार लेदो सहितको पहिराले सडक ढाकिएको छ। लेदो वगिरहेकाले काम गर्न कठिनाई भएको जनाईएको छ।

पानी पर्न रोकिनासाथ पहिरो पन्छाउने उनले जानकारी दिए। यस क्षेत्रमा दुई दिनदेखि निरन्तर वर्षा भईरहेको छ। सोही ठाउँमा यस अघि पनि पटक पटक पहिरो खस्दै आएको छ। सडक अवरुद्ध भएसँगै सवारी साधन रोकिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad