आइपीएलको दोस्रो खेलमा चेन्नाई सुपर किंग्स, राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको छ।
मंगलबार राति राजस्थानले दिएको २१७ रनको विशाल लक्ष्य पछ्याएको चेन्नाई २ सय रनमा रोकियो।
चेचेन्नाईका फाफ डुप्लेसिसले ३७ बलमा एक चौका र सात छक्कासहित ७२ रनको इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन।
यस्तै उसका सेन वाटसनले ३३, महेन्द्रसिंह धोनीले २९, केदार यादवले २२ र मुरली विजयले २१ रन जोडे।
त्यसअघि राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २१६ रन जोडेको थियो।
उसका सन्जु सामसमले ३२ बलमा १ चौका र ९ छक्कासहित ७४ रन जोडे।
यस्तै स्टिभ स्मिथले ४७ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६९ रन बनाएपछि राजस्थानले उक्त स्कोर बनाएको हो।
पहिलो खेलमा चेन्नाईले मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो। राजस्थानको भने यो पहिलो खेल हो।
6
Shares

प्रतिक्रिया