समाज


आज यी प्रदेशमा ‘धेरै भारी’ वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव

आज यी प्रदेशमा ‘धेरै भारी’ वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव

नेपालखबर
असोज ७, २०७७ बुधबार ०:४३,

आज बुधबार सबै प्रदेशमा ठूलो वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको सूचनाअनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाकाे सम्भावना छ।

साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १/२ स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’मा उल्लेख छ।

यसैगरी राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहने तथा सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाका अनुसार हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र छ र यो पश्चिम-उत्तरपश्चिम सर्दै छ। यसैकारण नेपालमा वर्षा हुने क्रम बढेकाे हाे। 

Screenshot 200

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad