ad ad

खेल


पदक वितरणमा खेलाडीलाई उपेक्षा

पदक वितरणमा खेलाडीलाई उपेक्षा

नेपालखबर
असोज ४, २०७७ आइतबार ९:१४,

धेरै विधाका मानिसलाई सरकारले संविधान दिवसको अवसर पारेर विभुषित गर्‍याे। खेलकुद क्षेत्रलाई योगदान पुर्‍याएका पनि विभूषित भए। तर नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक दिलाउने खेलाडीलाई भने सरकारले दिने पदकले समेटेन।

सोही प्रतियोगिता आयोजना गर्न नेतृत्व भूमिका खेलेका केही पदाधिकारी भने विभूषित भए। नेतृत्व तहका व्यक्तिहरु विभूषित हुँदा खेलाडीलाई उपेक्षा गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ।

संविधानसभाबाट जारी भएको संविधानले आइतबार पाँचौ वर्ष पूरा गरेको छ। विश्व भर फैलिएको कोरोना भाइरसका बावजुत पनि सरकारले आइतबार संविधान दिवस भव्यताका साथ मनायो। दिवसको अवसरमा राष्ट्रलाई योगदान पुर्‍याएका केही मानिस विभूषित पनि भए। धेरै क्षेत्र समेटिएको मध्ये खेलकुद क्षेत्रका केही व्यक्ति पनि पदकका भागीदार भए।

नेतृत्व तहका पदाधिकारी पदकबाट विभूषित हुँदा नेपालमा सम्पन्न १३औं सागमा पदक दिलाउने खेलाडी भने पदकबाट टाढा रहे। दक्षिण एसियाकै मेगा इभेन्ट मध्येको सागबाट पदक दिलाउँदै देशको गरिमा उच्च बनाएका खेलाडीलाई पदकबाट सम्मान नगरिनु खेलाडीलाई उपेक्षा भएको कतिपयको टिप्पणी रहेको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) का अध्यक्ष दीपक श्रेष्ठले गणतन्त्र आएपछि नेपाली खेलकुदलाई बेवास्ता गरेको दुःखेसो पोखे।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ जना खेलकुद क्षेत्रका व्यक्तित्वहरु पदक तथा विभूषणबाट विभूषित भएका छन्। तर खेललाई नै जिवन दिएर राष्ट्रका लागि पदक दिलाउन लक्ष्य राखेका खेलाडीलाई विभूषित नगरेको भन्दै आइतबार एनएनआईपीए, नेपाली कांग्रेसले गम्भीर ध्यानकर्षण भएको विज्ञप्ति पनि जारी गरेको छ।

नेपाली कांग्रेगका खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले पदक वितरणमा खेलाडीलाई उपेक्षा गरेको भन्दै सरकारलाई सचेत गराएको बताए।

राखेपले १३औं सागका ५१ स्वर्ण पदक विजेता र १७ प्रशिक्षकलाई पदकका लागि सिफारिस गरेको थियो। तर, एक जना पनि उक्त पदकका लागि राज्यले योग्य ठानेन।

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य भए। तर पदक दिलाउने सबै खेलाडी ओझेलमा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .