ad ad

समाज


भियतनाममा शक्तिशाली आँधी, तीनको मृत्यु, एक सयभन्दा बढी घाइते

भियतनाममा शक्तिशाली आँधी, तीनको मृत्यु, एक सयभन्दा बढी घाइते

नेपालखबर
असोज ४, २०७७ आइतबार ९:१०,

भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ। नोउल नामको सो आँधीका कारण भौतिक संरचनाहर पनि भत्किएका छन्।

यस आँधीमा परेर ११२ जना नागरिक घाइते भएका छन्। सो कुराको जानकारी भियतनामको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको छ।

भियतनामको मध्य प्रान्त थुवा हेन हाउमा तीन जनाको ज्यान गएको बताइएको छ। सो प्रान्तमा ५० भन्दा बढी नागरिक घाइते भएका छन् ।

One dead as Storm Noul hits central Vietnam - VnExpress International

त्यस प्रान्तका १० घर भत्किएका छन्। त्यस्तै यहाँका २६ हजार भन्दा बढी नागरिक नराम्रोसँग प्रभावित भएका छन्।

यसै वर्षको जनवरीमा पनि त्यहाँ ठूलो आँधी आएको थियो। त्यसमा परी करिब ७८ जनाको ज्यान गएको थियो भने हजारौँ नागरिक घरबारविहीन भएका थिए। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .