ad ad

खेल


लिग कपमा क्रिस्टललाई हराउँदै एफसी बर्नमाउथ दोस्रो चरणमा

लिग कपमा क्रिस्टललाई हराउँदै एफसी बर्नमाउथ दोस्रो चरणमा

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ७:३,

इंग्लिस फुटबल लिग कपमा एफसी बर्नमाउथले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दोस्रोे चरणमा प्रवेश गरेको छ।

निर्धारित समउमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। दुवै टोलीले २४ पेनाल्टी गोल गर्दा बर्नमाउथ ११–१० ले विजयी हुँदै दोस्रो चरणका पुगेको हो।

दुवै टोलीले सुरुवाती १० प्रहारमा लगातार गोल गरेका थिए। ११औँ पटकको प्रहारमा दुवै टोलीका गोलरक्षक चुकेका थिए। ११औँ प्रहारमा बर्नमाउथका डाभिड ब्रुक्सले गोल गर्दा प्यालेसका लुका मिलिभोजेभिचको प्रहार बर्नमाउथका गोलरक्षकले एस्मिर बेगोभिकले बचाउँदै जित दिलाए।

अब बर्नमाउथले अर्को चरणमा म्यानचेस्टर सिटीको सामना गर्नेछ। गएराति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले ब्याकब्रुन रोर्भस, मोरेक्याबले ओल्डाम एथलेटिकलाई, समान १–० ले पराजित गरेको छ।

एस्टन भिल्लाले ब्रुटन एल्बिनलाई तथा वेष्ट ह्याम युनाइटेडले क्वार्टन एथलेटिकलाई ३–० ले पराजित गरेको छ। सेल्फीडले रोचडाललाई २–० ले पराजित गरेको छ। लेटोन ओरियन्टलाइ पेमाउथ आर्गेलाइ ३–२ ले पराजित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .