ad ad

कारोबार


करिब दुई सय बोरा प्याज गोदाममा लुकाउने व्यापारीलाई महानगरको अनुगमन टोलीले प्रहरीमा बुझायो

करिब दुई सय बोरा प्याज गोदाममा लुकाउने व्यापारीलाई महानगरको अनुगमन टोलीले प्रहरीमा बुझायो

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ६:३७,

काठमाडौं महानगरले बजारमा प्याजको कालोबजारी बढेको उजुरी परेपछि बुधबार बिहानै बल्खुस्थित तरकारी बजारको अनुगमन गरेको छ।

सो क्रममा श्रीचुली सगरमाथा ट्रेडर्स (कामनपा १४)मा निरीक्षण गर्दा अगाडि डिस्प्लेमा प्याज छैन भनी लेखेको तर गोदाममा २ सय बोरा प्याज भेटिएपछि कारबाही सिफारिस गरिएको महानगरले जनाएको छ।

महानगरका कृषि विभाग प्रमुख एवं बजार अनुगमन टोलीका प्रमुख हरिबहादुर भण्डारीको नेतृत्वमा बजार अनुगमन गरिएको थियो। प्याज छैन भने पनि उक्त ट्रेडर्सले अर्को स्टलमा १९ बोरा राखेको समेत पाइएको महानगरले जनाएको छ।

महानगरका अनुसार अनुगमनपछि एसके सप्लायर्स र चुली सगरमाथा ट्रेडर्सका प्रोपाइटर सुनिल केसीलाई महानगरीय प्रहरी कालीमाटीलाई जिम्मा लगाइएको छ।

व्यापारी केसीले खुद्रा व्यापार गर्न एस.के. ट्रेडर्स र होलसेल व्यापारका लागि चुली सगरमाथा दर्ता गरेको खुलेको छ। उनले मंगलबार ११० मा खुद्रा पसलबाट बिक्री गरेको भनेको प्याज भदौ ३० गतेको बिलमा ६८ रुपैयाँमा बिक्री गरेका थिए।

बजारमा प्याज नभएको मौका पारेर भएको प्याज पनि नबेचेको, आफ्नै होलसेलबाट ६८ रुपैयाँमा खरिद गरेको प्याज खुद्राबाट ११० मा बेचेको एकीन भएपछि उनलाई स्थानीय प्रहरी, बजारका व्यवस्थापकको रोहवरमा मुचुल्का तयार पारेर प्रहरीलाई बुझाइएको हो।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .