ad ad

खेल


कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिता हुने

कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिता हुने

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार १०:२६,

कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिता हुने भएको छ।

प्रतियोगितामा पुरुषका ६ र महिलाका ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष एवं प्रतियोगिता संयोजक रामप्रसाद पुडासैनीले बताए। प्रतियोगिताको हरेक स्पर्धाका शीर्ष तीनका रहने खेलाडीले ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

‘मस्ट पपुलर प्लेयर’लाई नगद ५ हजारसहित पुरस्कृत गरिनेछ। यो विधाको चयन गर्न हरेक खेलाडीको भिडियोलाई युट्युबमा राखिनेछ। तीमध्ये सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्ड प्रदान गरिनेछ।

कागेश्वरी मनोहरा नगरपालिका र युनिटी तेक्वान्दो डोजाङ, हङकङको प्रायोजनमा हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले अक्टोबर ५ तारिखसम्म नाम दर्ता गराइसक्नुपर्नेछ।

नाम दर्ता गराएका खेलाडीले अक्टोबर ७ देखि ८ तारिखसम्म आफ्नो खेलको भिडियो आयोजकलाई पठाउनुपर्नेछ। भिडियो बढीमा ९० सेकेन्डको मात्र हुनुपर्नेछ। १२ अक्टोबरदेखि सुरु हुने प्रतियोगिता २ दिन चल्नेछ।

प्रतियोगितामा अशोक खड्का, विक्रम खड्गी, मीन न्यौपाने, नोर्बु लामा र हीराबहादुर थापालाई निर्णायक रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .