खेल


रोनाल्डोबिना पनि विश्वकप उपविजेता क्रोएसियाविरुद्ध पोर्चुगलको सानदार जित

रोनाल्डोबिना पनि विश्वकप उपविजेता क्रोएसियाविरुद्ध पोर्चुगलको सानदार जित

नेपालखबर
भदौ २१, २०७७ आइतबार ३:३१,

 स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना पनि पोर्चुगलले नेसन्स लिग अन्तर्गत शनिबार राति भएको आफ्नो पहिलो खेलमा क्रोएसियामाथि ४-१ को शानदार जित हात पारेको छ।

२०१८ को विश्वकप उपविजेता क्रोएसियाविरुद्ध जित हात पार्न पोर्चुगलका जोआओ क्यान्सिलो, डिओगो जोटा, जोआओ फेलिक्स र आन्द्रे सिल्भाले गोल गरे।

खेलको ईन्जुरी समयमा क्रोएसियाका ब्रूनो पेटकोविचले एक गोल फर्काएका थिए।

चोटका कारण रोनाल्डो खेलमा सहभागी भएनन।

जितसँगै पोर्चुगल समूह सीमा ३ अंकसहित शीर्ष स्थानमा छ। क्रोएसिया भने पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad