नेसन्स कप अन्तर्गत शनिबार राति भएको खेलमा केलियन एम्बाप्पेको उत्कृष्ट गोल मद्दतमा स्विडेनलाई १–० ले हराउँदै फ्रान्सले विजयी सुरुवात गरेको छ।
फ्रान्सका जितमा पेरिस सेन्ट जर्मनका स्ट्राइकल एम्बाप्पेले ४१औं मिनेटमा स्विडेनका तीन रक्षकलाई छलाउँदै उत्कृष्ट गोल गरेका थिए।
यस्तै एन्टिनियो ग्रिजम्यान पेनाल्टी चुक्दा फ्रान्सले अग्रता लिने मौका गुमायो। भिक्टोर लिन्डोल्फले एन्थोनी मार्सियललाई फल गरेपछि पाएको पेनाल्टी ग्रिजम्यानले प्रहार गर्दा आकासिएको थियो।
समूह सीमा समान ३ अंक भएका पोर्चुगल र फ्रान्स शीर्ष दुई स्थानमा छन।

प्रतिक्रिया