पीचमा खराबी देखिएपछि टि-२० विश्वकप अन्तर्गत एसिया छनौटमा नेपाल र कतारबीचको खेलमा टस हुन सकेको छैन्।
पीचमा समस्या देखिएपछि अझै आधा घण्टा ढिलो गरिमात्रै टस हुने भएको हो। खेल बिहान ७ बजेर १५ मिनेटका लागि तय गरिएको थियो।
कतारविरुद्ध नेपालले एसिया छनौटमा पहिलो खेल खेल्न लागेको हो। यस प्रतियोगिताको विजेता टोली टि-२० विश्वकपको ग्लोबल छनौटमा पुग्नेछ। १४ टोली सहभागिता जनाउँने ग्लोबल छनौटबाट ६ टोलीले विश्वकप खेल्नेछन्।
3
Shares

प्रतिक्रिया