खेल


अन्तिम समयको पेनाल्टी गोल मद्दतमा इंग्ल्याण्ड विजयी

अन्तिम समयको पेनाल्टी गोल मद्दतमा इंग्ल्याण्ड विजयी

नेपालखबर
भदौ २१, २०७७ आइतबार ३:८,

रहिम स्ट्रर्लिङले अन्तिम समयमा निर्णायक गोल गरेपछि यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ।

शनिबार भएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो।

इंग्ल्याण्डले अग्रता लिएको २ मिनेटमा नै आयोजक आयरल्याण्डले पनि बराबरी गोल फर्काउने मौका पाएको थियो। तर उसका बिरकिर बिजरसनले प्रहार गरेको पेनाल्टी बाहिरियो।

त्यसअघि खेलको ७०औं मिनेटमा केली वाल्करले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदान छाड्दा इंग्ल्यान्ड १० खेलाडीमा सीमित भएको थियो।

अर्कातिर ८९औं मिनेटमा इन्गासन दोहोरो पहेलो कार्डसहित पाएपछि आयरल्याण्डले १० खेलाडीमा सीमित भएको थियो।

जितसँगै लिगको समूह बीमा इंग्ल्यान्डले ३ अंकसहित दोस्रो स्थानमा छ। यही समूहको वेल्जियम ३ अंक भएपनि गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad