नेपाली क्रिकेटर सन्दीप लामिछानेको टोली जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा बार्बाडोस ट्राइडेण्ट्ससँग ७ विकेटले पराजित भएको छ।
सन्दीपले १ विकेट लिएको खेलमा जमैकाले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्य बार्बाडोसले १८.३ ओभरमा ३ विकेटमात्रै गुमाएर भेट्टायो।
बार्बाडोसका लागि जोसन होल्डरले ६९ रन बनाए। सन्दीपले एलबिडब्लुको सिकार बनाउँनुअघि उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए।
यस्तै बार्बाडोसका जोनाथन कार्टरले ४२ र मिचेल स्याटनरले ३५ रन जोडे।
जमैकाबाट सन्दीपले ४ ओभरमा २६ रन खर्चिएर १ विकेट लिएका थिए। सन्दीपले प्रतियोगिताको ८ इनिङ्समा ११ विकेट लिइसकेका छन।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो।
उसका ओपनर चमेली ब्ल्याकउडले ७४ तथा आन्द्रे रसेलले ५४ रनको अर्धशतकीय ईनिङ्स खेल्दै जमैकालाई उक्त योगफलमा पुर्याएका हुन।
अब जमैकाले लिग चरणमा एक खेल खेल्न बाँकी छ। जमैका यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ।

प्रतिक्रिया