नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज संक्रमित हुनेमा ४६४ महिला र ८९५ जना पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ।
आज १३ हजार ६३८ जनाको पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टा मा थप १३ सय ५४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २५ हजार ५६१ पुगेको छ।
3
Shares

प्रतिक्रिया